Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु क्यापिटलको हकप्रद आउँदै

२०७४ जेष्ठ ५ गते

प्रभु क्यापिटलले दुई सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रभुले अधिकृत र जारी पुँजी ३० करोड तथा चुक्ता पुँजी २१ करोड पुर्याउन उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले जेठ २० गते विशेष साधारणसभा बोलाएको छ । 

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विशेषसाधारण सभामा लगिँदैछ । साधारणसभा प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

हाल प्रभु क्यापिटलको चुक्तापुँजी सात करोड रुपैयाँ छ ।