Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकले १० बराबर चारको अनुपातमा हकप्रद जारी गर्ने

२०७४ जेष्ठ ५ गते

मुक्तिनाथ विकास बैंकले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले जेठ ३ गते बोर्डमा निवेदन दिएको हो । 

मुक्तिनाथले एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार पाँच सय चार रुपैयाँ बराबरको ६१ लाख ७० हजार आठ सय ६५ दशमलव ०४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ रहेको छ । १० बराबर चारको अनुपातमा हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।