बुधबार सेयर बजार ४.९८ अंकको गिरावटसँगै १६४४.२६ अंकमा कायम भएको छ । उत्पादनमूलक, होटल र अन्य समूह क्रमशः ३२.६४, ४.७७ र ४.०५ अंकले बढ्दा बाँकी सबै समूह ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा धेरै २६.६ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ७.५५, १.२१, २०.१६ र २.१८ अंकले घटेका छन् ।
परिसूचक घटेपनि मंगलबारको तुलनामा कारोबार रकम बढेको छ । दिनभरिमा १४० वटा कम्पनीको ३१ लाख ६४ हजार नौ सय ६६ कित्ता सेयर चार हजार पाँच सय ४१ पटक खरिदविक्री हुँदा ६१ करोड ९८ लाख दुई हजार पाँच सय १३ रुपैयाँ पुँजी परिचालन भएको छ ।
सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्सको १० करोड ३४ लाख ५४ हजार चार सय ५८ रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक र सिद्धार्थ बैंकको तीन करोड ४० लाखमाथिको कारोबार हुँदा एनबि इन्स्योरेन्सको साढे दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको एक करोड ६० लाखमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको डेढ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, सानिमा बैंक लगायतको सवा एक करोडमाथिको कारोबार भएको छ ।
बोटलर्स नेपालका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा मेरो माइक्रोफाइनान्स र सिनर्जी पावरका सेयरधनीले क्रमशः ९.९६ र ७.७२ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, जलविद्युत् लगानी तथा विकास कम्पनी, लक्ष्मी भ्यालु फण्ड, रिलायन्स फाइनान्स, हाम्रो विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, कन्काई विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३६५९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सहारा विकास बैंक, भार्गव विकास बैंक, सिन्धु विकास बैंक, वरियन्टल होटल्स, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, एनसीसी बैंक, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



