Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्टान्डर्ड चार्टर्डसहित नौ वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

२०७४ जेष्ठ २ गते

मंगलबार नौ वटा बैंक तथा वित्तीय संस्थाले आफ्नो हकप्रद सेयर, बोनस सेयर तथा थप नयाँ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत गराएका छन् । तीन वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, तीन वटा फाइनान्स र एउटा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर नेप्सेमा सूचिकृत गराएका छन् । 

स्टान्डर्ड चार्टड बैंक लिमिटेडले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ नेप्सेमा सूचिकृत गराएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो ।

त्यस्तै, सेती फाइनान्स लिमिटेडको आठ लाख ३४ हजार चार सय दशमलव १४ कित्ता, हिमालयन बैंक लिमिटेडको ६४ लाख २७ हजार तीन सय ५० कित्ता, वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १५ लाख ६९ हजार छ सय कित्ता र मञ्जुश्री फाइनान्स लिमिटेडको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएका छन् । 

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडको ८५ लाख २२ हजार एक सय तीन दशलमव २१ कित्ता, नमस्ते वित्तीय संस्था लिमिटेडको तीन लाख ७५ हजार कित्ता, जेविल्स फाइनान्स लिमिटेडको तीन लाख २१ हजार २६ दशमलव पाँच कित्ता, फेवा विकास बैंक लिमिटेडको २० लाख ४९ हजार सात सय कित्ता र मञ्जुश्री फाइनान्स लिमिटेडको तीन लाख ५० हजार नौ सय १० कित्ता बोनस सेयर नेप्सेमा सूचिृकत भएका छन् । यी कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तामा वितरण गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएका हुन् ।