Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि

२०७४ बैशाख २७ गते

सहयोगी विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन जेठ १ गतेदेखि सुरु हुने भएको छ । बैंकले १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । असार ४ गतेसम्म खुला रहने हकप्रद सेयरमा वैशाख १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सहयोगीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियूक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र सहयोगी विकास बैंकका शाखा कार्यालयहरुबाट उक्त हकप्रद भर्न पाइने बताइएको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेर सहयोगीले ३१ करोड ४६ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४२ करोड ४७ लाख रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद निष्काशनका लागि गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।