Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद जारी गर्दै उन्नति माइक्रोफाइनान्स

२०७४ बैशाख २७ गते

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले जेठ ९ गतेदेखि १२ गतेसम्म उक्त अनुपातमा हकप्रद संस्थापक सेयर निष्काशन गर्न लागेको हो । 

उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ । तीन करोड आठ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरमा ७७ लाख रुपैयाँ बराबरको हकप्रद संस्थापक सेयर गर्नेछ । 

सेयर खरिदको आवेदन फारम उन्नति माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका १२, रुपन्देहीमा पाइनेछ । आवेदन फारम पनि सोही कार्यालयमा बुझाउनुपर्ने बताइएको छ ।