Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्टान्डर्ड चार्टर्डको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने

२०७४ बैशाख २७ गते

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने भएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जेठ १ गतेदेखि पैसा फिर्ता दिने जानकारी दिएको हो । एनएमबि क्यापिटलदे विभिन्न २२ वटा बैंकमा खाता हुने आवेदको पैसा खतामै फिर्ता हुने बताएको छ । तर बैंकको नाम भने खुलाइएको छैन । 

स्टान्डर्ड चार्टर्डले गत चैत्र १ गतेदेखि ४ गतेसम्म प्रतिकित्ता १२९० रुपैयाँका दरले निष्काशन गरेको  २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओको बाँडफाँड सोमबार भएको थियो । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेकोमा जम्मा एक लाख ४० हजार एक सय ३२ आवेदकले सेयर पाएका थिए ।