Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिटिजन्स बैंकको हकप्रद भर्न छुटाउनुभयो कि ? २८ गतेसम्म छ म्याद

२०७४ बैशाख २६ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्कासन गरेको हकप्रदको आवेदन दिने मिति एक दिन थप गरेको छ । बैंकले मङ्गलवार एक सूचना जारी गर्दै आवेदन मिति १ दिन थप गरेको जानकारी गराएको हो  । बैंकले हकप्रदका लागि २०७३ चैत २४ गतेदेखि २०७४ वैशाख २७ गतेसम्म आवेदन मिति तोकेकोमा २७ गते सार्वजनिक विदा परेकाले एक दिन थप गरी वैशाख २८ गते सम्मका लागि आवेदन मिति तोकेको छ । 

सिटिजन्स बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा फागुन २५ गतेसम्म कायम झन्डै ८० हजार सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन गर्नेसम्बन्धी निर्णय बैंकको दशौँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । बैंकले यसै आर्थिक वर्ष भित्र आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने लक्ष्य लिएको जनाएको छ ।