Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८.३२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५७ करोडमा ओर्लियो

२०७४ बैशाख २५ गते

सोमबार सेयर बजार ८.३२ अंकको वृद्धिसँगै १६३७.३० अंकमा पुगेर बन्द भएको छ । अन्यबाहेक कारोबार भएका सबै समूह हरियो भएपछि केही दिनदेखि निरन्तर घटिरहेको बजार सामान्य अंकले भएपनि उकालो लागेको हो । होटल र बीमा समूह क्रमशः ६१.३२ र ३८.१७ अंकले बढेको बजारमा बैंकिङ, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ७.७१, ११.७, १२ र ५.३९ अंकले बढ्दा अन्य समूह भने ०.८७ अंकले घटेको छ । 

नेप्से परिसूचकमा सुधार देखिए तापनि कारोबार रकम भने झन्झन् ओरालो लाग्ने क्रममा रहेको छ । दिनभरिमा १४२ वटा कम्पनीको नौ लाख २२ हजार दुई सय ६१ कित्ता सेयर पाँच हजार दुई सय ४६ पटक खरिदविक्री हुँदा ५७ करोड २५ लाख एक हजार एक सय ३९ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, नेपाल एसबिआई बैंकको आठ करोड ४४ लाख ७८ हजार तीन सय ३९ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो र सिभिल बैंकको दुई करोडमाथिको कारोबार भएक छ । सिद्धार्थ बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, सोल्टी होटल, प्रभु बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

मेरो माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा किसान माइक्रोफाइनान्सका सेयरधनीले ५.५२ प्रतिशतका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, सोल्टी होटल, स्वाबलम्बन विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, हिमालयन बैंक, नेशनल हाइड्रो, एनसीसी बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.६८ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् भने माउन्ट मकालु डेभलपमेन्ट बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ५.५३ र ५.०४२ प्रतिशतका दरले गुमाएका छन् । कन्काई विकास बैंक, खानीखोला हाइड्रो, सिद्धार्थ बैंक, ग्रीन डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक(सीपी), तारागाउँ रिजेन्सी, काबेली विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।