Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल एसबिआई बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२०७४ बैशाख २५ गते

नेपाल एसबिआई बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भोलि (वैशाख २६ गते) हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । आज बैंकिङ कार्यालयभित्र एसबिआई बैंकको सेयर खरिद गरिसकेका सेयरधनीले मात्रै बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल एसबिआई बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैशाख ११ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको बैंकले जेठ ७ गतेदेखि असार ११ गतेसम्म हकप्रदको विक्री खुला गर्दैछ । 

नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

गतवर्षको मुनाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस वितरण गरेको बैंकले केही समय अगाडि एफपिओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । हाल बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक सेयर ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।