Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

९.२० अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

२०७४ बैशाख २१ गते

सामान्य भएपनि बढिरहेको सेयर बजार साताको अन्तिम दिनमा आएर ९.२० अंकको गिरावटसँगै १६५३.१८ अंकमा बन्द भएको छ । उत्पादनमूलक समूह सामान्य ०.०६ अंकले बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९३.६८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ५.९२, १२.८१, १२.४४, १२.२१, ५.७६ र ३.७६ अंकले घटेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १४४ वटा कम्पनीको १२ लाख ९५ हजार पाँच सय ७३ कित्ता सेयर सात हजार एक सय २५ पटक खरिदविक्री हुँदा ७९ करोड ५९ लाख २९ हजार नौ सय ५५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल एसबीआई बैंकको चार करोड ७८ लाख ५१ हजार सात सय १२ रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको पनि चार करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र सानिमा माई हाइड्रोको साढे तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, शिखर इन्स्योरेन्स, अरुण काबेली पावर, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एभरेष्ट बैंक, लक्ष्मी बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

भार्गव विकास बैंक र सहारा विकास बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले ६.३७ प्रतिशतका दरले कमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, एभरेष्ट बैंक, अरुण काबेली पावर, आरएसडीसी लघुवित्त, बरुण हाइड्रोपावर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको काबेली विकास बैंकका सेयरधनीले ७.५१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने प्रोग्रेसिभ फाइनान्स र सेती फाइनान्सका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । स्वरोजगार लघुवित्त, युनाइटेड फाइनान्स र सहयोगी विकास बैंकका सेयरधनीले ५ प्रतिशतका दरले गुमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, ङादी ग्रुप पावर, जेविल्स फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।