Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आस्वा सेवावापत फेवा विकास बैंकले २० रुपैयाँ मात्र शूल्क लिने

२०७४ बैशाख २० गते

फेवा विकास बैंक लिमिटेडले आस्वा सेवा प्रदान गरेवापत आवेदकहरुबाट प्रति आवेदन २० रुपैयाँ मात्र शुल्क लिने निर्णय गरेको छ । यस निर्णयले लगानीकर्ताहरुलाई फेवा विकास बैंक लिमिटेड मार्फत लगानी गर्न थप सुविधा हुने अपेक्षा बैंकले गरेको छ । 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्न आस्वा (Application Supported By Blocked Amount, ASBA) प्रणालीको अनुमति प्राप्त गरी आफ्ना ग्राहकहरुलाई उक्त सेवा प्रदान गर्दै आएको छ  । फेवा विकास बैंक लिमिटेडका कुनै पनि शाखा कार्यालयहरुबाट ग्राहकहरुले उक्त सेवा उपभोग गर्न सक्नेछन् । अग्रिम खाता खोली सञ्चालन गरेका ग्राहकहरुले सरल र सहज ढंगबाट उक्त सेवा लिन सक्नेछन् भने नयाँ ग्राहकहरु समेतले उक्त सेवा लिनु परेमा बैंकमा आफ्नो खाता खोली उक्त खाता मार्फत यो सेवा लिन सक्ने बैंकले जनाएको छ ।