आधा दर्जन बैंक तथा वित्तीय संस्थाले बुधबार नेप्सेमा हकप्रद तथा बोनस सेयर सूचिकृत गराएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको एक लाख १० हजार कित्ता बोनस सेयर र १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत पुस २४ गतेदेखि फागुन १ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर र गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएको हो ।
यसबाहेक, युनाइटेड फाइनान्स लिमिटेडको तीन हजार एक सय ५२ दशमलव ४४ कित्ता बोनस सेयर , किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख २२ हजार कित्ता बोनस सेयर, जनता बैंक नेपाल लिमिटेडको २४ लाख ७२ हजार कित्ता बोनस सेयर तथा एक करोड दुई लाख ७८ हजार दुई सय ७४ कित्ता हकप्रद सेयर, काँक्रेविहार विकास बैंक लिमिटेडको एक लाख १५ हजार छ सय ९५ दशमलव ७५ कित्ता बोनस सेयर र एभरेष्ट बैंक लिमिटेडको एक करोड ८६ लाख ३८ हजार दुई सय २८ दशमलव ४१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छन् ।


