सिभिल बैंक लिमिटेडले आफ्नो ३०% हकप्रद सेयर निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने वोनस सेयर तथा यूनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्तापुँजीको ३० प्रतिशतले जारी हुने हकप्रद सेयरको लागि लक्ष्मी क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
लक्ष्मी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरे । हकप्रद सेयर जारी गरे पश्चात र आ. व. २०७३/२०७४ को प्रक्षेपित वोनस सेयरबाट चुक्तापुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने समेत बैंकले जनाएको छ ।


