Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६२ औ बर्षमा नेपाल राष्ट्र बैंक 

२०७४ बैशाख १२ गते

नेपाल राष्ट्र बैंक ६२ ओं बर्षमा प्रवेश गरेको छ । राष्ट्र बेंकले ६२ बर्ष प्रवेशको अबसरमा विहीबार राष्ट्र बैंकमै एक कार्यक्रम आयोजना गर्दै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले ६२ औ बार्षिकोत्सवको समुद्घाटन गर्ने छन् । नेपाल राष्ट्र बैंकको प्रङ्गढमा कार्यक्रम आयोजना गरिने छ विस २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भयो । खासगरी राजनीति र प्रशासन प्रणालीमा । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नव नियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा नयाँ प्रशासन प्रणाली तर्जुमा गरी लागू गर्ने अवसरहरु प्राप्त भए ।  अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका निकायहरुबीचको छलफल पछि नेपाल राष्ट्र बैंकको स्थापना गरियो । ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहेका प्रशाशक हिमालय शम्शेर राणालाई नै पहिलो गभर्नर बनाइयो । त्यसपश्चात् नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैँक संस्थापन गर्ने अवसर उनले पाए ।