नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको छ वर्षे विकास ऋणपत्र निष्काशन गरिने भएको छ । बोलकबोलमार्फत विक्री गरिने ऋणपत्र खरिद गर्नका लागि मंगलबार अपरान्ह ३ बजेभित्रमा अनलाइनमार्फत बोल गर्नुपर्ने हुन्छ । वैशाख १३ गते निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी २०८० वैशाख १३ गते हुनेछ भने हरेक छ महिनामा व्याज पाइनेछ । व्याजदर बोलकबोलका आधारमा तय गरिने बताइएको छ । बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त बचतपत्र खरिद गर्न पाउनेछन् । घटिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न पाइने बताइएको छ ।
