Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु

२०७४ बैशाख १० गते

नेपाल राष्ट्र बैंकले गत फागुन २७ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु गरेको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आइतबार (वैशाख १० गते) देखि नागरिक बचतपत्र २०७८ को सावाँ तथा व्याज भुक्तानी पुर्जाका साथै खण्डित अवधिको व्याज रकम वितरण गर्न सुरु गरेको हो । 

राष्ट्र बैंकले ८.५ प्रतिशत व्याजदरमा उक्त नागरिक बचतपत्र निष्काशन गरेको थियो । उक्त बचतपत्रका खरिदकर्ताले प्रमाणपत्र लिन रकम बुझाएको भौचरको अर्धकट्टी वा रसिद र नागरिकता प्रमाणपत्रको प्रतिलिपीसहित आवेदन फारम बुझाएको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।