फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा चैत्र २९ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशनका लागि बैंकले चैत्र १७ गते नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो ।
फस्र्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल फस्र्ट माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४५ लाख एक सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
फस्र्ट माइक्रोफाइनान्स थोक कर्जा प्रवाह गर्ने घ वर्गको बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, यस माइक्रोफाइनान्सले ०७५ हजार मसान्तसम्ममा ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


