Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साढे १० अर्बको ट्रेजरी बिल सोमबार

२०७४ बैशाख ८ गते

नेपाल राष्ट्र बैंकले आगामी सोमबार (वैशाख ११ गते) १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५० करोड र १८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरेको हो । उक्त ट्रेजरी बिलमा अनलाइन बिडिङ सिस्टमबाट सोमबार दिउँसो ३ बजेसम्ममा बोलपत्र पेश गर्न आह्वान गरिएको छ । 

९१ दिने अवधिको ट्रेजरी बिल खरिद गर्नेले आगामी साउन १० गते व्याजसहित सावाँ फिर्ता पाउनेछन् भने १८२ दिने ट्रेजरी बिल खरिद गर्नेले कात्तिक ७ गते पाउनेछन् । ट्रेजरी बिलको निष्काशन मंगलबार गरिनेछ ।