Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै युनाइटेड फाइनान्स

२०७४ बैशाख ४ गते

युनाइटेड फाइनान्स लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा गत चैत्र २९ गते निवेदन दिएको हो । धितोपत्र बोर्डका अनुसार, कम्पनीको सेयरमाथि प्रारम्भिक अध्ययन भइरहेको छ । 

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड ४५ लाख ४१ हजार ९५ रुपैयाँ बराबरको १३ लाख ४५ हजार चार सय १० दशमलव ९५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल युनाइटेड फाइनान्सको चुक्तापुँजी ६७ करोड आठ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८० करोड ५३ लाख ४१ हजार रुपैयाँ पुग्नेछ ।