लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी क्यापिटल लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको लक्ष्मी इक्विटी फण्ड जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअघि ४० करोडको सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड जारी गरेको लक्ष्मी क्यापिटलले दोस्रोपटकमा १० करोड ईकाई सामुहिक लगानी कोष जारी गर्न लागेको हो । सात बर्षे बन्दमुखी लक्ष्मी इक्विटी फण्डको प्रति इकाई १० रुपैयाँ मूल्यको ईकाई निष्कासन गर्न क्यापिटलले आइतबार (वैशाख ३ गते) अनुमति पाएको हो । कम्पनीले अबको तीन साता भित्र ईकाई जारी गर्नेछ ।
