Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनसीसी बैंकको ५० प्रतिशत हकप्रद भर्न वैशाख ५ गतेभित्रमा सेयर किनिसक्नुपर्ने

२०७३ चैत्र ३१ गते

नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । जसअनुसार, बैंकको साधारणसभा तथा हकप्रद खरिदमा भाग लिन वैशाख ५ गतेभित्रमा एनसीसी बैंकको सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्न वैशाख १५ गतेका लागि साधारणसभा डाकेको छ । 

हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब रुपैयाँ नाघ्नेछ । बाँकी एक अर्ब रुपैयाँ बराबरको पुँजी बैंकले चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर पुर्याउने योजना बनाएको छ ।