Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१७ सयको विन्दुबाट झर्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

२०७३ चैत्र ३१ गते

विहीबार सेयर बजार ५.९४ अंकले घटेर १६९७.१३ अंकमा कायम भएको छ । बीमा र विकास बैंकबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह २२.०७ अंकले घटेको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः १०.७२, ५.३३, ३.८, २.७६ र ४.०५ अंकले घटेका छन् । बीमा र विकास बैंक भने क्रमशः ६३.७१ र ०.६९ अंकले बढेका छन् ।

विहीबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार दुई अर्बमाथिको कारोबार भएको बजारमा विहीबार एक अर्ब ४८ करोड ७६ लाख ७९ हजार १५ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४३ वटा कम्पनीको २१ लाख ३३ हजार चार सय १६ कित्ता सेयर नौ हजार छ सय १८ पटक खरिदविक्री भएका छन् ।

कुल कारोबारमध्ये, एनसीसी बैंकको मात्रै १७ करोड ४४ लाख ८८ हजार सात सय ४३ रुपैयाँको कारोबार भएको छ भने गुराँस लाइफ इन्स्योरेन्सको सात करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट प्रोमोटर र युनाइटेड इन्स्योरेन्सको पाँच करोडमाथिको कारोबार हुँदा प्रभु बैंकको साढे चार करोडको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स, सनराइज बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको तीन करोडमाथिको कारोबार भएको छ । 

गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने सेती फाइनानस, अरुण फाइनान्स, देवः विकास बैंकका सेयरधनीले र राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले क्रमशः ९.७, ७.८९, ६.३० र ५.४२ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, आईएलएफसीओ माइक्रोफाइनान्स, सहयोगी विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको रिलायन्स फाइनान्सका सेयरधनीले ५.५१ प्रतिशतका दरले सम्पत्ति घटाउँदा जानकी फाइनान्सका सेयरधनीले ५.१३ प्रतिशतले गुमाएका छन् । जेविल्स फाइनान्स, एनबि इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, पूर्णिमा विकास बैंक, बरुण हाइड्रो, भार्गव विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।