तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, बैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्रै तिनाउ डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् ।
तिनाउले ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले सोमबार (चैत्र २८ गते) नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँ बराबरको ११ लाख ९४ हजार सात सय ९६ दशमलव ०९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल तिनाउ डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ पुग्नेछ ।


