साताको पहिलो दिनदेखि नै बढिरहेको बजार बुधबार आएर ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ६.७५ अंकले घटेर १७०३.०७ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै १४०.८४ अंकले घटेको छ भने बैंकिङ र जलविद्युत् क्रमशः ११.८९ र ६.१ अंकले घटेका छन् । होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३.८६, १९.३६, ६.९३ र २३.६१ र ८.३९ अंकले बढेका छन् ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १४५ वटा कम्पनीको ३८ लाख ९६ हजार चार सय ३१ कित्ता सेयर ११ हजार नौ सय ७४ पटक खरिदविक्री हुँदा दुई अर्ब सात करोड २२ लाख १३ हजार एक सय आठ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, सूर्या लाइफ इन्स्योरेन्सको मात्रै १० करोड ३६ लाख ९६ हजार दुई सय ९२ रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंकको नौ करोडमाथिको कारोबार भएको छ । गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंकको आठ करोडमाथिको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक र सनराइज बैंकको पाँच करोडमाथिको कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक लगायतको चार करोडमाथिको कारोबार भएको छ ।
प्रोग्रेसिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, किसान माइक्रोफाइनान्स र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंक, महिलन सहयात्रा माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, सिन्धु विकास बैंक माउन्ट मकालु डेभलपमेन्ट बैंक र गुहेश्वरी फाइनान्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
यता, युनाइटेड इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ५.६५४८ प्रतिशतका दरले सम्पत्ति घटाउँदा एनबि इन्स्योरेन्स, ङादी ग्रुप पावर, सप्तकोसी डेभलपमेन्ट बैंक र सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले ४ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतका सेयरधनीले ३ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


