स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयरले ग्रेस ४ प्लस रेटिङ पाएको छ । बैंकले जारी गर्न लागेको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयरलाई इक्रा नेपालले सो रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३० दशमलव ४ प्रतिशत बोनश सेयर दिएको कम्पनीले बोनस वितरण पश्चात कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि स्वरोजगारले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार तीन दशमलव छ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।


