Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वदेशी लघुवित्तको सेयर किन्ने आज अन्तिम दिन

२०७३ चैत्र २९ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि निष्काशन गरिरहेको साधारण सेयर किन्ने आज अन्तिम दिने रहेको छ । आज दिउसो ३ बजेसम्म आवेदन दिनेले मात्रै सेयर पाउने बताइएको छ । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन गरिरहेको छ । सोमबारसम्म एक करोड ४७ लाख कित्ता सेयर माग गर्दै ४० हजार आबेदकले एक अर्ब ४७ करोड रुपैयाँ बराबरको आबेदन गरिसकेका छन् । 

सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात् पाँच हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता अर्थात् एक लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्य्््विनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, गोल्छा चोक विराटनगर, आदर्शनगर वीरगञ्ज, अनारमनी वित्र्तामोड, ट्राफिक चोक बुटवल, नयाँ बजार दैलेख, बसपार्क रोड  धनगढी, महेन्द्रपथ धरान, भानुचोक जनकपुर, नारायाणगढ चितवन, सुर्खेत रोड नेपालगञ्ज, न्यूरोड पोखरा, लम्की कैलाली, उर्लाबारी चोक उर्लाबारी, सल्लेरी सोलुखुम्बु, धुन्चे रसुवा र इटहरी सुनसरीबाट आवेदन दिन सकिनेछन् ।