Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मञ्जुश्री फाइनान्सले लिलामीमा निकाल्यो १० लाख कित्ता सेयर

२०७३ चैत्र २८ गते

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आज (चैत्र २८ गते) देखि १० लाख चार हजार ९० कित्ता सेयर लिलामीमा निकालेको छ । फाइनान्सले हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर लिलामीमा विक्री खुला गरेको हो । 

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरको लागि माघ ६ गते देखि फागुन ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ नौ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण समूह तर्फ ६९ हजार १६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०७४ वैशाख ५ गते रहेको छ ।

कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ । कम्पनीको विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।