Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिलामीमा नमस्ते वित्तीय संस्थाको सेयर किन्ने आज अन्तिम दिन

२०७३ चैत्र २७ गते

नमस्ते वित्तीय संस्था लिमिटेडले लिलामीमा निकालेको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । संस्थाले चैत्र २१ गतेदेखि सात हजार नौ सय ५१ कित्ता सेयर लिलामीमा विक्री खुला गरिरहेको छ । संस्थाले हकप्रद निष्काशनको नबिकेको सेयरलाई लिलामीमा विक्री गर्न लागेको जनाएको छ । 

उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोेकी निवेदन दिनुपर्नेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नमस्ते वित्तीय संस्थाको प्रधान कार्यालय घोराही दाङमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् । 

बोलपत्र सोमबार दिउसो ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।