Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६० करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

२०७३ चैत्र २७ गते

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । मंगलबार (चैत्र २९ गते) जारी गरिने ट्रेजरी बिलका लागि सोमबार (चैत्र २८ गते) दिउसो ३ बजेभित्रमा बोलपत्र पेश गर्न आह्वान गरिएको छ । असार २७ गते उक्त ट्रेजरी बिल खरिद गरेको रकम फिर्ता हुनेछ । 

यसअघि, राष्ट्र बैंकले चैत्र २१ गते ९१ दिने अवधिको ५६ करोड रुपैयाँ बराबरको  र ३६४ दिने अवधिको चार अर्ब ३६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।