Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको हकप्रद सेयर निष्काशन वैशाख १७ गतेदेखि

२०७३ चैत्र २५ गते

सानिमा बैंकको हकप्रद सेयर निष्काशन वैशाख १७ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ २१ गतेसम्म खुला रहने हकप्रदमा चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले गत फागुन ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सेयर निष्काशनका लागि बैंकले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सानिमा बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।