Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राधी विद्युत् कम्पनीको चार लाख १० हजार कित्ता सेयर बैशाख १९ गतेदेखि

२०७३ चैत्र २५ गते

राधी विद्युत कम्पनी लिमिटेडको चार लाख १० हजार कित्ता साधारण सेयर (आईपिओ) वैशाख १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । 

कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये दुई लाख ४६ हजार कित्ता सेयरका लागि आयोजना अति प्रभावित साविक घेर्मु गाविस तथा हाल मस्र्याङदी गाउँपालिका वडा नम्बर ५ का बासिन्दाका लागि र बाँकी एक लाख ६० हजार कित्ता सेयरका लागि आयोजना न्यून प्रभावित साविक ताघ्रिङ गाविस अर्थात मस्र्याङदी गाउँपालिका वडा नम्बर ४ का बासिन्दाले आवेदन दिन पाउनेछन् । उक्त सेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) देखि अधिकतम ४ हजार कित्तामा (४ लाख रुपैयाँ) जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । 
 
इच्छुक लगानीकर्ताले नबिल बैंक लमजुङ शाखा, ओम डेभलपमेन्ट बैंकको लमजुङ शाखा, कैलाश विकास बैंको लमजुङ शाखा र राधी हाइड्रो पावर, पावर स्टेशन घेर्मु ३ लमजुङबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्दछ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

पहिलो चरणमा १ सय रुपैयाँ अंकित दरका ४ करोड दश लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री खुल्ला गरेको कम्पनीले त्यसपश्चात सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ । कम्पनीले आयोजना प्रभावितलाई सहित कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।