Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईसी एसिया बैंकको हकप्रद भर्नुभयो ? हेर्नुस् कहिलेसम्म छ म्याद 

२०७३ चैत्र २३ गते

एनआईसी एसिया बैंक लिमिटेडले गत चैत्र १५ गतेदेखि हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ । 

बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गरिएको हो । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।