Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल ग्रामीण विकास बैंकको एफपीओ निष्काशनको जिम्मा प्रभु क्यापिटलले पायो

२०७३ चैत्र २२ गते

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंगलबार एक समारोहका बीच नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल ग्रामीण विकास बैंक लिमिटेडका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरे ।

नेपाल ग्रामीण विकास बैंकले नौ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको छ ।