सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको पाँच करोड ३६ लाख १४ हजार नौ सय ९५ दशमलव २४ कित्ता हकप्रद र बोनस सेयर सूचिकृत भएका छन् ।
सूचिकृत सेयरमध्ये, तीन करोड ४२ लाख ९२ हजार दुई सय ९५ दशमलव २४ कित्ता बोनस सेयर रहेका छन् । एनएमबि बैंक लिमिटेडको एक करोड तीन लाख १७ हजार एक सय १८ दशमलव ६८ कित्ता, सिद्धार्थ बैंकको एक करोड ४७ लाख ३२ हजार छ सय २७ कित्ता, माछापुच्छ्रे बैंकको ८० लाख १८ हजार नौ सय, कसमस डेभलपमेण्ट बैंकको एक लाख १८ हजार सात सय ३७ दशमलव पाँच कित्ता, विराटलक्ष्मी विकास बैंकको सात लाख ८६ हजार नौ सय १२ दशमलव शुन्य छ कित्ता, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख आठ हजार कित्ता र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको दुई लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएका हुन् । सूचिकृत हकप्रदमा भने माछापूछ्रे बैंकको एक करोड ९३ लाख २२ हजार सात सय कित्ता हकप्रद सेयर रहेको छ ।


