Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१७४५ अंकसम्म पुगेको नेप्से १६६० अंकमा झर्यो, अढाई अर्बको कारोबार

२०७३ चैत्र २१ गते

कारोबार खुलेको पहिलो एक घण्टाभित्रमा चार प्रतिशतले बढेर दुई पटक सर्किट ब्रेक लागेको सेयर बजार अन्ततः ६.५९ अंकले घटेर बन्द भएको छ । दोस्रो सर्किट ब्रेक लागेर १७४५ अंकसम्म पुगेको नेप्से परिसूचक १६६०.५२ अंकमा झरेको हो । सुरुमा बढिरहेका उपसूचकहरु एकाएक घट्न थालेपछि समग्र बजार नै प्रभावित भएको देखिएको छ । बीमा र व्यापार क्रमशः ६७.६५ र १.४१ अंकले बढेका छन् भने बैंकिङ, होटल, विकास बैंक, जलविल्ुत्, फाइनान्स र अन्य क्रमशः ७.२८, ३५.३९, १४.०८, २९.५२, ८.८४ र ५.५ अंकले घटेका छन् । 

परिसूचक ओरालो लागेपनि कारोबार रक मभने उल्लेख्य रुपमा बढेको छ । आइतबार एक अर्ब पनि पुग्न नसकेको कारोबार रकमले सोमबार साढे दुई अर्ब नाघेको छ । दिनभरिमा १४४ वटा कम्पनीको ४३ लाख २० हजार पाँच सय २१ कित्ता सेयर १३ हजार एक सय ७१ पटक खरिदविक्री हुँदा दुई अर्ब ५२ करोड २५ लाख ४९ हजार छ सय ३३ रुपैयाँको कारोबार भएको छ । 

नेपाल बैंकको मात्रै १३ करोड ५४ लाख ६७ हजार नौ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंकको पनि १३ करोड ४३ लाख रुपैयाँ र लुम्बिनी जेनेरल इन्स्योरेन्सको १२ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको आठ करोड। शिखर इन्स्योरेन्सको सात करोड र सानिमा बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लगायतको छ करोडमाथिको कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, नमस्ते वित्तीय संस्था, गोर्खाज फाइनान्स र युनाइटेड इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९९, ९.९८, ९.९५, ९.९१, ९.४८ र ९.०६ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक, गुहेश्वरी फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स लगायत ५ कम्पनीका सेयरधनीले ८ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ७.८२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा स्वाबलम्बन विकास बैंकका सेयरधनीले ७.६४ प्रतिशतका दरले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक, आईसी एफसी फाइनान्स र सिभिल बैंकका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् भने देवः विकास बैंक, नागबेली लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सका सेयरधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।