Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो गोर्खाज फाइनान्सको सेयर कारोबार

२०७३ चैत्र २० गते

गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स एक आपसमा गाभिएर बनेको गोर्खाज फाइनान्सको सेयर कारोबार आइतबार (चैत्र २० गते) देखि खुलेको छ । 'GUFL'सिम्बोलमा फाइनान्सको सेयर कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जानकारी दिएको छ । 

२०६८ सालमा समस्याग्रस्त घोषणा भएको गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स एकआपसमा गाभिएका थिए । समस्याग्रस्त घोषणा भएदेखि नै गोरखाको सेयर कारोबार बन्द थियो भने गोरखासँगको मर्जर प्रक्रिया सुरु भएदेखि काठमाडौँको सेयर कारोबार पनि बन्द भएको थियो । 

हाल गोर्खाज फाइनान्सको चुक्तापुँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेर फाइनान्सले झन्डै ८७ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । हकप्रद निष्काशनका लागि गोर्खाजले नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ ।