Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिलामीमा सेवा विकास बैंकको सेयर चैत्र २४ गतेदेखि

२०७३ चैत्र १८ गते

सेवा विकास बैंक लिमिटेडले सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले हकप्रद निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको सेयर चैत २४ गतेदेखि लिलामीमा विक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र चैत ३० गतेसम्म पेश गर्न पाइनेछ । 

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हँुदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।