Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गोर्खाज फाइनान्सले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७३ चैत्र १८ गते

गोर्खाज फाइनान्स लिमिटेडले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै फाइनान्सले फागुन २४ गते बोर्डमा निवेदन दिएको थियो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । फाइनान्सको २२ औं बार्षिक साधारणसभाले हकप्रद निष्काशन गर्नेसम्बन्धी निर्णय पारित गरेको थियो । हकप्रद सेयर निष्काशनका लागि गोर्खाजले एनआईबीएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल गोर्खाज फाइनान्सको चुक्तापुँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८६ करोड ८० लाख रुपैयाँ पुग्नेछ । 

समस्याग्रस्त अवस्थामा रहेको साविकको गोर्खा विकास बैंक लिमिटेड र काठमाडौं फाइनान्स लिमिटेड गाभिएर गोर्खाज फाइनान्स लिमिटेड बनेको हो ।