Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पूर्णिमा विकास बैंकले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७३ चैत्र १७ गते

पूर्णिमा विकास बैंक लिमिटेडले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बुधबार (चैत्र १६ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । बैंकको सेयरमाथि बोर्डले प्रारम्भिक अध्ययन थालिसकेको जनाएको छ । 

पूर्णिमाले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सिद्धिार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

हाल पूर्णिमा विकास बैंकको चुक्तापुँजी ३५ करोड रुपैयाँ छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेको छ ।