लिलामीमा हिमालयन बैंक लिमिटेडको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । इच्छुक सेयरधनीले आज बैंकिङ कारोबार समयावधिभित्र सेयरका लागि आवेदन पेश गर्न सक्नेछन् । हिमालयनले गत चैत्र १० गतेदेखि एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा राखेको थियो । बैंकले हकप्रद निष्कासनको क्रममा नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । हिमालयनको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ ।
हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ ।


