Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लक्ष्मी बैंकको झन्डै १२ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

२०७३ चैत्र १५ गते

लक्ष्मी बैंक लिमिटेडले मंगलबार झन्डै १२ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण गराएको छ । बैंकले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई खरिद गरेपछिको ११ लाख ९८ हजार ११ कित्ता सेयर नेप्सेमा सूचिकरण गराएको हो । सूचिकृत सेयरको कारोबार आगामी सातादेखि हुनेछ ।

लक्ष्मीले प्रोफेशनल दियालोलाई खरिद गरेर गत माघ २ गतेदेखि एकीकृत कारोबार थालेको थियो । लक्ष्मीले प्रोफेशनल दियालोलाई १००ः५० को स्वाप रेसियोमा खरिद गरेको हो ।