Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरएसडीसीका सेयरधनीलाई खुसीको खबर, १५ प्रतिशत बोनसपछि दुई सय प्रतिशत हकप्रद

२०७३ चैत्र १३ गते

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । संस्थाको शनिबार बुटवलमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय पारित गरेको हो । 

आरएसडीसीले ०७५ असार मसान्तसम्ममा ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि यो निर्णय गरेको जनाएको छ । यसबाहेक, संस्थाले बोनस सेयर जारी गरेपछि कायम चुक्तापुँजीको दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यो निर्णय पनि साधारणसभाबाट पारित भएको बताइएको छ । 

साधारणसभाको अवसरमा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्षका २०७२।०७३को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोही साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने राजेन्द्र पन्त, शान्ति प्रसाद उप्रेती तथा डंगोल महर्जनलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।