Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

परिसूचक १५३३ अंकमा पुग्दा पौने दुई अर्बको कारोबार, तीन कम्पनीको सेयरमूल्य घट्यो

२०७३ चैत्र १३ गते

आइतबार सेयर बजार ४७.७९ अंकले बढेर १५३३.८३ अंकमा पुग्दा तीन कम्पनीका सेयरधनीले गुमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र प्रभु इन्स्योरेन्स (प्रोमोटर)का सेयरधनीले क्रमशः ३.६०६६, १.९८६८ र १.९५७३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका हुन् ।

यता हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कृषि विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल ग्रामीण विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएका छन् । एनबि इन्स्योरेन्स, चिलिमे हाइड्रो, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स, बरुण हाइड्रो, अपि पावर कम्पनी, गुडविल फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, सेती फाइनान्स, भार्गव विकास बैंक, बुटवल पावर कम्पनी, माउन्ट मकालु डेभलपमेन्ट बैंक र आईएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

आइतबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २०३.३७ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ४४.४१, ९६.४५, ६०.९७, १५९.४, २४.७ र ६.६५ अंकले बढेका छन् । परिसूचक बढेपछि कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । दिनभरिमा १४३ वटा कम्पनीको ३६ लाख ५७ हजार एक सय २२ कित्ता सेयर १० हजार पाँच सय ५८ पटक खरिदविक्री हुँदा कुल एक अर्ब ७६ करोड एक लाख २५ हजार छ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

सेयर कारोबारका आधारमा आइतबार प्रभु इन्स्योरेन्सको प्रोमोटर सेयर अग्रस्थानमा छ, जसको १९ करोड २८ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंकको झन्डै पौने १० करोडको कारोबार भएको छ भने नेशनल हाइड्रोको आठ करोड र सानिमा बैंकको छ करोडमाथिको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोडमाथिको कारोबार भएको छ भने कृषि विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लगायतको चार करोड ७० लाखमाथिको कारोबार भएको छ ।