Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वेष्टर्न डेभलपमेन्ट बैंकको सवा दुई लाख कित्ता सेयर लिलामीमा

२०७३ चैत्र १३ गते

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्पान गरेको हो ।