Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिलामीमा हिमालयन बैंकको सेयर किन्ने म्याद १६ गतेसम्म

२०७३ चैत्र १२ गते

हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा विक्री गरिरहेको छ । बैंकले हकप्रद निष्कासनको क्रममा नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । चैत्र १० गतेदेखि विक्री सुरु भएको सेयर लिलामी १६ गते बन्द हुनेछ । 
 
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । हिमालयनको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारमबुझाउनुपर्नेछ ।  बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ ।

हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ ।