Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चैत्र १८ गतेसम्म कायम सेयरधनीले लक्ष्मी बैंकको हकप्रद पाउने

२०७३ चैत्र १० गते

लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । बैंकले यहि चैत १९ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, चैत्र १८ गतेसम्म कायम सेयरधनीले मात्रै लक्ष्मीले निष्काशन गर्न लागेको हकप्रद सेयर खरिद गर्न पाउनेछन् । 

हकप्रद निष्काशनका लागि बैंकले गत चैत्र १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले हकप्रद निष्काशन गर्ने मिति भने तोकेको छैन । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

अहिले तीन अर्ब १५ करोड ९० लाख ३० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सोही पूँजी बराबरको हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ ।