Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन सेयर ब्रोकरले पाए उपत्यकाबाहिर शाखा संचालन गर्ने अनुमति

२०७३ चैत्र ९ गते

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले तीन सेयर ब्रोकर कम्पनीलाई तत्काल विस्तारित शाखा संचालनमा ल्याउन अनुमति दिएको छ । नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई विस्तारित शाखा संचालनमा ल्याउन बुधबार (चैत्र ९ गते) अनुमति दिएको हो । शाखा संचालन गरेर लगानीकर्तालाई सेवा उपलब्ध गराउन कारोबार लिंक समेत उपलब्ध गराइसकेको नेप्सेले जनाएको छ । यी ब्रोकरले आवेदनअनुसार, क्रमशः नारायणगढ, बनेपा र विर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका हुन् ।