Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिभिल बैंकका सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर

२०७३ चैत्र ९ गते

सिभिल बैंकले आफ्ना सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कर प्रयोजनका लागि बैंकले ०.१५१६ प्रतिशत नगद लाभांश समेत दिनेछ । सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

हाल सिभिल बैंकको चुक्तापुँजी छ । चार अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो चुक्तापुँजीको २.८८ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा आठ अर्ब चुक्तापुँजी पुर्याउन सिभिलले हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्सलाई खरिद गर्दैछ । साथमा एक्विजिसनपछि कायम हुने चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।