सोमबार सेयर बजार ४२.१९ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । बजार बढेपछि कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । लामो समयपछि सोमबार एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १४० वटा कम्पनीको २५ लाख २७ हजार पाँच सय ३५ कित्ता सेयर आठ हजार एक सय २२ पटक खरिदविक्री हुँदा कुल एक अर्ब २६ करोड ८५ लाख २१ हजार आठ सय ५५ रुपैयाँको कारोबार भएको हो ।
कुल कारोबारमध्ये प्रभु बैंकको मात्रै सोमबार ११ करोड पाँच लाख ४६ हजार चार सय ३९ रुपैयाँको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोको क्रमशः सात करोड ६१ लाख र छ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, शिखर इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र एनसीसी बैंकको चार करोडमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सानिमा बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ ।
प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र वोमी माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स शिखर इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स, विजय लघुवित्त, सेती फाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, जानकी फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, अरुण फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
सोमबार जम्मा सात कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै माउण्ट मकालु डेभलपमेन्ट बैंकका सेयरधनीले ८.२३९१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । हिमालयन डिस्टीलरी, कालिका माइक्रोक्रेडिट, लक्ष्मी बैंक, एक्सेल डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ३.९२, १.४८, १.१९, ०.९६, ०.८५ र ०.४९ प्रतिशतका दरले गुमाएका छन् ।
सोमबारको बजार बीमा मसमूहले बढाएको छ । बीमा समूह ५६६.८३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २९.१३, ७६.६२, ३९.३४, ४४.२१, १८.०२ र १.७३ अंकले बढेका छन् । उत्पादनमूलक समूह भने ५.१२ अंकले घटेको छ ।



